Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरीगंज, १५ मंसिर । झापाको गौरीगंजमा नाप तौल सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। झापा उद्योग बाणिज्य संघ शाखा गौरीगंजको आयोजनामा सम्पन्न अन्तरक्रियामा गौरीगंज क्षेत्रका ब्यापारी र उद्योगपतिहरु सहभागी भएका थिए।

नेपाल गुणस्तर तथा नाप तौल बिभाग गुणस्तर तथा नापतौल कार्यलय झापाका प्रमुख कमल ओझाले कार्यक्रममा सहजिकरण गरेका थिए। सहजिकरणका क्रममा प्रमुख ओझाले ब्यापारीहरुका कारण उपभोक्ताहरु नापतौलबाट नठगिन र खरिद गरेको सामान सहि तौलमा पाउन भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराए। सहजिकरणका क्रममा ओझाले ब्यापारीहरुका लागि नाप तौल सम्बन्धि संसोधित ऐन नियमको बारेमा जानकारी गराउदै नाप तौल इकाई बाट प्रमाणीकरण भएका ढक तराजु मात्र प्रयोग गर्न आग्रह गरेका थिए।

ब्यापारीहरुले उपभोक्ताहरुलाई सहि परिणाममा सामान दिन डिजिटल कांटा प्रयोग गर्न र नियमित रुपमा नाप तौलको नविकरण गर्न आग्रह गरेका थिए। नापतौलमा उपभोक्ताहरुले सामान खरिदमा आफुहरु ठगिएको सबैतिरबाट गुनासो आईरहेको समयमा ब्यापार गर्ने ब्याबसायीहरुले प्रयोग गर्ने नापतौल नियमितरुपमा जाँच गराउन र नविकरण गर्न आग्रह गरेका थिए।

गौरीगंज उद्योग बाणिज्य संघ अध्यक्ष तथा कार्यक्रमका सभापति मखना महत्तोले सामान खरिदमा उपभोक्ताहरु पनि सजक हुनुपर्ने जानकारी गराएका थिए।कार्यक्रमका प्रमुख अतिथि तथा गौरीगंज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले ब्यापारीहरुलाई नापतौलमा नियमित रुपमा जाँच गराउन र नविकरण गर्न अनुरोध गरेका थिए।वाणिज्य संघका जिल्ला सदस्य भोजराज सेढाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा गौरीगंज उद्योग वाणिज्य संघ सचिव श्रवण गिरीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया