Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

सुनसरी, १५ मंसिर । सुनसरी सडक दुर्घटनामा परी मृत्यु हुने सातै जनाको शव सुनसरीस्थित इनवरुवा अस्पतालमा राखिएको छ ।

बिरामी बोकेर उदयपुर जाँदै गरेको एम्बुलेन्स शनिबार राति १२:२० मा सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रकसँग ठोक्किँदा एम्बुलेन्समा रहेका ७ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राइ र शिवमाया राई रहेका छन् । मृतक दनुवार एम्बुलेन्स चालक रहेको र अन्य सबै एकै परिवारको रहेको खुल्न आएको छ ।

दुर्घटनापछि फरार रहेका ट्रक चालकको हाल खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया