Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, १३ मंसिर । गौरादह नगरपालिका वडा नं.७ को ग्वालडुब्बामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा संचालन भएको स्वास्थ्य शिविरमा गौरादह नगरपालिका र गौरीगंज गाउपालिका भित्रका ७ सय ५०जनाले स्वास्थ्य लाभ लिएका छन।

नोबेल अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा संचालन भएको शिविरमा हार्डजोर्नी,दन्त सेवा,बालरोग,आँखा परिक्षण, नाक कान घाँटी,छाला तथा यौन रोग,जेनेरल मेडीसिन तथा मुटु रोग,प्रस्तुति तथा स्त्रि रोग,मानसिक तथा नशा रोग,न्युरो सर्जरी,ल्याब,भिडियो एक्सरे तथा इसिजि,शल्यक्रिया र निशुल्क औषधिको सेवा लिएका छन। नोवेल अस्पताल बिराटनगरका जनसम्पर्क अधिकृत नरायण दाहालको नेतृत्वमा डाक्टरहरु सहित आएको ३५ जनाको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो।

डाक्टरहरुले पत्रकारलाई दिएको जानकारी अनुसार दम,ढाड दुखाइ,ग्यासटिक,सुगर,प्रेसर,बाथ, नाकमा पिनास पल्टेका,कानको जालिमा प्वाल परेको नाकमा मासु पलाएका लगायतका बिरामी बढी भेटिएको जनाएका छन। नगर भित्र बसोवास गर्ने नागरिकहरुले एकै ठाउँमा बसि सबै प्रकारको उपचार गर्ने अवसर पाएका छन। उपचारकालागि अस्पताल सम्म पुग्न नस्कने गरिब तथा बिपन्न परिवारहरुलाई घर आगनमा नै सहज रुपमा उपचार गराउने उदेश्यले स्वास्थ्य शिबिर संचालन गरिएको संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले जानकारी गराए।

गौरादह-७ का ढाडको समस्या भएर जचाँउन गएका सुरेन्द्र खड्काले बिरामको चेक जाँच गर्न सहरको अस्पतल जानू पर्नेमा आफ्नै ठाउँमा उपचार गराउन पाउँदा खुशी ब्यक्त गरे।जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था उपाध्यक्ष अरुणकुमार शाहको सभापतित्वमा सम्पन्न शिविरमा संस्थाका पुर्ब अध्यक्ष अमरदास सिवाकोटी प्रमुख अतिथि रहेका थिए।

त्यसअवसरमा नोबेल अस्पतालका डिल्ली निरौला र नारायण दहाल, वडा नं.८ का वडाध्यक्ष भुमीराज पोख्ररेलले शुभकामना मन्तब्य राखेका थिए।संस्थाकि सदस्य सुमित्रा ढुङ्गेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका सचिव सूर्यभक्त सिटौलाले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया