Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

चितवन, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्कीको चुनावी सभामा दिएको अभिव्यक्तिविरूद चितवनको चौबिस कोठीमा बृद्धबृद्धाहरुले बिरोध जनाएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देवघाट जाने बेलामा निर्वाचनमा आएको भन्दै नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा संघीय संसदको चुनावको लागि उम्मेद्वार का लागि उठेका खेमराज पौडेललाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए।

अध्यक्ष प्रचण्डको अभिव्यक्तिपछि चितवनका बृद्धाबृद्धाहरुले हातमा बृद्वबृद्वालाई अपमान किन ?तपाई पनि एकदिन बृद्ध हुनुहुन्छ लगायतका नारा लेखिएका पम्प्लेटहरु लिएर बिरोध जनाएका थिए ।

तपाईको प्रतिक्रिया