Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १३ मंसिर । झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कचनकवल ७ स्थित पाथीभरा सामुदायिक वनका ५५ वर्षीय काया राय क्षेत्रीको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया