बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

गौरादह, १२ मंसिर । गौरादह नगरपालिका भित्र रहेका अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण गरिएको छ । गौरादह बजारमा रहेको दुर्गा मन्दिरको प्राङगणमा बिहिबार एक कार्यक्रमका बिच १३ जना अपाङ्ग व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण गरिएको हो।

बेल्जियममा रहेका नेपालीहरुको समूह रहेको संस्था डिसाबिलिटि इन्टरनेस्नल सोलिडारिटि फाउण्डेशनको आर्थिक सहयोगमा र गौरादह नगरपालिका वडा नं. १ को संयोजनमा सो सामग्री वितरण गरेको हो । गौरादह नगरपालिका वडा नं १ को वडा कार्यालयले बेल्जियममा रहेको नेपालीहरुको संगठन संग समन्वय गरि आएको रकमबाट अपांगलाई सामग्री बितरण गरिएको वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले जानकारी गराए।

सो संस्थाले नगद १ लाख २४ हजार ४०० उपलब्ध गराएपछि वडा नं १,३ र५ भित्र रहेका विपन्न परीवारका अपाङ्ग भएका व्यक्तिहरुलाई ७ जनालाई व्हिल चियर, ५ जनालाई लौरो र १ जनालाई वैशाखी वितरण गरिएको गौरादह नगरपालिका वडा नं. १ कि वडा सदस्य देवि माया श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा अपांग अशक्त ब्यक्तिहरु राम राजवंशी, दिपा खनाल,  शंकर राई, अर्पिता ताजपुरीया, अजिता दाहाल, तारामान कार्की र सितादेवी बुढाथोकीले व्हिल चियर पाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले अपाङ्ग व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले विदेशमा काम गरेर नेपाल र नेपालीहरुको सुख दुखमा साथ दिदै समस्या र अफ्ठयारोमा परेका व्यक्तिहरुलाई सहयोग गरेकोमा बेल्जियममा रहनुहुने नेपाली दाजुभाईहरुलाई धन्यवाद दिनुभयो।

उक्त संस्थाका प्रतिनिधि दौलत कुमार साम्बाले अपाङ्गहरुलाई सहयोग गर्न वडा नं १ कि वडा सदस्य देबिमाया श्रेष्ठलाई उपलब्ध गराएको थियो। त्यसअवसरमा समाजसेवी योगराज दहाल,गौरादह दुर्गा मन्दिर अध्यक्ष लक्ष्मी ढकाल र गौरादह बजार ब्यबस्थापन समिति अध्यक्ष खड्ग थापा लगायतको उपस्थिति रहेको थियो। यसअघि पनि उक्त संस्थाले सामाजिक कार्य गर्दै आईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया