Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १२ मंसिर । यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य गरेको छ ।

विभागले हिंजो(बुधबार)एक सूचना जारी गर्दै नयाँ दर्ता हुने सवारी साधनलाई नम्बर राख्दा मिलाएर राख्न भनेको हो । गत वर्षदेखि नै सरकारले नयाँ दर्ता हुने सवारीसाधनमा नम्बर प्लेटमा अगाडि तल र माथि गरी दुई र पछाडि तीन लाइनमा नम्बर राख्ने गरी प्लेट निर्माण गर्न अनिवार्य गरेको थियो । धेरै सवारी धनीले नबुझेर दुई लाइनमा मात्रै नम्बर प्लेट बनाएको पाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार नम्बर नराख्ने सवारी साधनलाई कारवाही हुने बताइएको छ ।

सरकारले यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेसँगै सवारी साधनमा प्रदेशको सङ्केत अनिवार्य गरिएको थियो । कार्यालय प्रदेशमा गएपछि दर्ता भएका सवारी साधनमा प्रदेश सङ्केत उल्लेख भए पनि एक वर्षभन्दा पहिले दर्ता भएका सवारी साधनमा अञ्चलकै सङ्केत रहेको छ ।

तपाईको प्रतिक्रिया