Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

बुटवल, १२ मंसिर । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी रातामाटामा बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार सदरमुकामवाट गोरीसिगे आउँदै गरेको बसमा १९ जनाको मृत्यु १७ जना घाइते भएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते छन् । उनीहरुको भैरहवा उपचार भइरहेको छ ।

गम्भीर घाइतेलाई विहान चिकित्सकले हेरर थप उपचारको लागि काठमाडौँ लैजाने कि यही उपचार गर्ने निणर्य हुने प्रजिअ पौडेलले बताए ।

लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया