Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, ११ मंसिर । नक्कली हस्ताक्षर गरी बैंकबाट रकम चोरी गरेको आरोपमा पक्राउ परेका ६ जना सार्वजनिक प्रहरीले सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ आरोपीलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कालीमाटी बस्दै आएका काभ्रे पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे छन् ।

प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जनता, एनाआईसी र मुक्ति विकास बैंकका कर्मचारीसमेत अनुसन्धानको दायरामा रहेको बताए ।

तपाईको प्रतिक्रिया