Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ११ मंसिर । आगामी शनिबार हुने उपनिर्वाचनको मौन अवधी आज रातिबाट सुरु हुँदैछ । त्यसअघिसम्म परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् ।

कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि आगामी शनिबार उपनिर्वाचन हुन लागेको हो ।

दलहरूले आज भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन् । स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ ।

उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् ।

२०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ ।

मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।

शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया