Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

भलुलाघाट, ९ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ । भारतमा जारी विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको छ ।

विधानसभाको उपनिर्वाचन सम्पन्न भएपश्चात साँझ ५ बजेदेखि नाका पुनः सञ्चालनमा आउने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् । । सुरक्षा संवेदनशीलता कारण जनाउँदै भारतले मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सिमानाका बन्द राख्न अनुरोध गरेको थियो ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो । रासस

तपाईको प्रतिक्रिया