Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा
गौरादह, ८ मंसिर । झापाको गौरादहमा आज(आइतबार)बाट आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव २०७६ शुरु भएको छ । गौरादह नगरपालिका-३ स्थित अतिथि सदनमा सुरु भएको महोत्सवमा आज पहिलो दिन बिहान भव्य रुपमा पञ्चेबाजा सहित कलश सहितको शोभा यात्रा निकालिएको थियो । पञ्चेबाजा सहित निकालिएको शोभायात्रामा हजारौंको संख्यामा भक्तजनहरुको सहभागीता रहेको थियो ।

महोत्सव स्थलबाट निकालिएको शोभायात्राले गौरादहको सनराइज टोल पञ्चेश्वर मन्दिर, निलगिरि, हाइस्कुल, दुर्गा मन्दिर हुदै बजार परिक्रमा गरि डिपुचोक, स्कुलचौन हुँदै पुनः महोत्सव स्थल आई कलश बिसर्जन गरिएको थियो । कलश यात्रामा विभिन्न मठ मन्दिरका भक्तजनहरु, ,शिक्षक,संघ संस्थाका प्रतिनिधि,समाजसेवी र स्थानियवासिहरुको सहभागिता रहेको थियो ।

महोत्सव मुल समारोह समितिको आयोजना तथा उद्योग वाणिज्य संघ गौरादहको सह आयोजना र नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको संयोजकमा शुरु गरिएको महोत्सवमा आज पहिलो दिन १० हजार औं को संख्यामा भक्तजनहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको महोत्सव समितिका सचिव सान नेपालले जानकारी गराए । प्रदेश नं. १ का प्रदेश प्रमुख कार्यक्रमका प्रमुख अतिथि सोमनाथ अधिकारी प्यासीले महोत्सवको उद्घाटन गरेका थिए । नेपाल सरकारले अवलम्बन गरेको पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउनुका साथै आन्तरिक पर्यटक प्रवद्वन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक तथा पर्यटन क्षेत्रको महत्व दर्शाउने उदेश्यले महोत्सव संचालन गरिएकोे जनाईएको छ।

आज पहिलोदिन महाआरति, भजन र्कितन, मोटिभेस्नल स्पीच हुने र भोलीबाट शुरु हुने महापुराणमा व्याससाचार्य भुवन गुरु र अन्य पण्डितहरु बाट संगीतमय श्रीमद्भागवत कथा वाचन, प्रवचन शुरु हुने जनाइएको छ । महोत्सवमा पाथिभरा, लुम्बिनी जोन र मुक्तिनाथलाई एकै ठाँउमा समेटिएको छ । त्यस्तैगरि महोत्सवलाई व्यवस्थीत गराउन सुरक्षा संयत्र पनि बलियो बनाइएको जनाइएको छ । विभिन्न जातजातिका विभिन्न सांस्कृतिक मौलिक कला प्रस्तुती का साथै सहभागी हुने दर्सकहरुकालागि मनोरम दृष्यको व्यवस्था मिलाईएको छ भने व्यापारीक स्टलहरुको व्यवस्थापन गरिएको छ ।

महोत्सवमा प्रत्येक दिन बिहान योग विज्ञान शिविर सञ्चालन भइरहेको जनाइएको छ । पतञ्जली गौरादह नगर अध्यक्ष निर्मल बास्तोला र पुष्कर खड्काले सयौंको संख्यामा सहभागीहरुलाई खानपान, व्यायाम, विभिन्न आसनहरु, र नसा सम्बन्धि विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिइरहेको जनाइएको छ ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत काकीर्, संविधान सभा सदस्य दिपक कार्की, गौरादह नगरपालिका का मेयर रोहित कुमार शाह, उपमेयर गिता भेट्वाल, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल लगायतको उपस्थिति रहेको थियो । मुल समारोह समितिका अध्यक्ष डा.तिलक खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । महोत्सव यहि मंसिर १६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया