Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ६ मंसिर । नेपाल–भारत सीमा सुरक्षा बैठक सकिएको छ । पोखरामा तीन दिन बसेको नेपाल–भारत सीमा सुरक्षा बेठक सीमा अपराध, दशगजामा संयुक्त गस्ती लगायतका विषयमा छलफल गर्दैै सकिएको हो ।

नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो । छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदान प्रदानको विषयमा मात्रै केन्द्रित थियोे ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको छ । यद्यपि, तालिमको मिति तय भएको छैन ।

तपाईको प्रतिक्रिया