Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

गौरादह, ६ मंसिर । धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले संचालन गर्न लागिएको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहले यहीँ मंसिर ८ गते देखि १६ गते सम्म गौरादहको सामुदायिक भवनमा पर्यटन महोत्सव संचालन गर्ने तयारी गरेको छ। गौरादह क्षेत्रमा रहेका प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अन्य क्षेत्रमा समेत प्रचारप्रसार गराउने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सव स्थलमा सरसफाई गरिनुको साथै पन्डाल लगाएर घेरावेरा गरिएको छ। महोत्सवमा सहभागी हुने दर्सकहरुकालागि मनोरम दृष्यको व्यवस्था मिलाईएको छ भने सजावटका साथ राखिने व्यापारीक स्टलहरुको व्यवस्थापन गरिएको छ। महोत्सव स्थलमा निर्माण गरिएका १५ वटा स्टल मध्ये १० वटा बुकिङ भईसकेको र अन्य बाँकि पनि चाँडै बुकिङ हुने महोत्सव समितिका सचिव सान नेपालले जानकारी गराए। महोत्सवमा खानेपानी तथा अस्थायी शौचालयको व्यवस्था समेत गरिएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

महोत्सवमा मुर्तिकला, चित्रकला, स्थानीय जातजाति, भाषाभाषीहरुले प्रयोग गरेका सामाग्री, खानपिन,भेषभुषा,स्थानीय उत्पादनहरु,धार्मिक स्थलहरुलाई समेत समावेस गराइएकाले सबैले अपनत्व बहन गर्ने विश्वास लिईएको छ। पुर्व क्षेत्रको प्रसिद्ध धार्मिक स्थल पाथिभरा देवी, बुद्वको मुर्ति,कलस मन्डप निर्माण भईसकेको छ। पशुपतिनाथ मन्दिरको डमी बनाई आरति गराईने, धार्मिक, आध्यात्मिक दर्शन शास्त्रीहरुका पुस्तकहरु समेत प्रदर्शनीको रुपमा राखिने महोत्सवका अध्यक्ष डा.तिलक खनालले जानकारी गराए।

नेपाल सरकारले अवलम्बन गरेको पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्‍याउनुका साथै आन्तरिक पर्यटक प्रवद्वन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक तथा पर्यटन क्षेत्रको महत्त्व दर्शाउने उदेश्यले महोत्सव संचालन गरिने जनाईएको छ। महोत्सव स्थलमा बढी भन्दा बढी नागरिकहरुको सहभागीताकालागी व्यापक रुपमा प्रचारप्रसार गरिनुको साथै प्रबेशमा कुनै प्रकारको शुल्क नलाग्ने समितिले जानकारी गराएको छ। कम लागतमा महोत्सव सम्पन्न गरि बचेको रकमलाई गौरादह -४ को मिलन चौकमा निर्माणाधिन अबस्थामा रहेको मानव धर्म सेवा समितिको भवनमा खर्च गरिने र सो भवनलाई सबैको साझा चौतारो बनाईने जानकारी गराईएका छन।

महोत्सवलाई थप आकर्षक बनाउन ख्याति प्राप्त ब्यासाचार्यबाट महापुराण वाचन, कलाकारका कलाहरु,मानव उत्पति र बिकासक्रम झल्काउने रहस्यमय चित्रकला प्रदर्शनी, गौशालाको व्यवस्था र गौपूजन, योग र विशेष ध्यान शिविर,लोकप्रिय नेपाली बाजाहरुको प्रदर्शनी, गौरादहका लोकप्रिय व्यक्ति स्व. नरबहादुर डिठ्ठाको स्मरणमा तयार पारिएको एकांकी नाटक प्रदर्शनी गरिने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया