काठमाडौं, ४ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
राष्ट्रपति भण्डारीसमक्ष मन्त्रिपरिषद हेरफेरका सम्बन्धमा ब्रिफिङ गर्न बुधवार बिहान शितलनिवास पुग्नुभएका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शितल निवासबाट फर्केर पूनः बैठकमा बस्नुभएको हो । यो बैठकले मन्त्रिपरिषद हेरफेरका सम्बन्धमा अन्तिम निर्णय लिने बताइएको छ ।
ओली र दाहालबीच नयाँ चुनिने र हटाइने मन्त्रीको नामबारे टुंगो लागिसकेको र सचिवालय बैठकबाट त्यसलाई पूर्णता दिइने बताइएको छ । साथै बैठकमा पार्टीको भावी रणनीति सांगठनिक एकताबारे पनि महत्वपूर्ण छलफल हुने जनाइएको छ ।






