काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ ।
बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच कुटाकुट भएको हो ।
नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले विरोध गर्दा नगर सभापति हातपातमा उत्रिएको शर्माले जानकारी दिए । नगर सभागृहबाट नगरपालिकालाई वर्षको दुई लाख दिने गरेको र एउटा विवाहबाट ५ लाखबढी उठाउने गरेको शर्माको बताए । कलवारको बदमासीबारे यसअघि नै पार्टी सभापति समेतललाई जानकारी गराएको सांसद शर्माले बताए ।
यता काँग्रेस नगर सभापति कलवारले भने आफूलाई तल्लो स्तरको गाली गरेपछि सहन नसकेर लफडा भएको प्रतिक्रिया दिए । उनको टाउको र नाकमा चोट लागेको बताइएको छ ।






