Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह, ३ कार्तिक । गौरादह-३ स्थित अतिथि सदनमा सुरु हुन गइरहेको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवलाई सफल बनाउने उद्देश्यले आज प्रचारात्मक सवारी साधन ¥याली सम्पन्न भएको छ ।

आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव मूल समारोह समितिको आयोजनामा सम्पन्न ¥यालीमा स्थानीयबासी, व्यवसायी, बुद्धिजिवी, सामाजिक व्यक्तित्व लगायतले सहभागिता जनाएको आयोजक समितिले जानकारी दिएको छ । ¥याली डिपुचौक बाट शुरु भई स्कुलचौन, गौरीगंज, ग्वालडुब्बा, बैगुन्धुरा हुँदै महोत्सव हुने स्थलमा टुंग्याइएको थियो ।

नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहले धार्मिक पर्यटन प्रवद्धन गर्ने उद्देश्यका साथ यहि मंसिर ८ गते देखि १६ गते सम्म सबै जातजाति भाषाभाषी धर्म संस्कृतिलाई अटाउन सक्ने र सबैलाई अपनत्व दिलाउन सक्ने गरि पर्यटन महोत्सव संचालन गरिन लागेको आयोजकका मूल समारोह समितिका अध्यक्ष डा.तिलक खनालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments