गौरादह, २ कार्तिक । गौरादह बजार भोली(मंगलबार)बाट हप्तामा एकदिन बन्द गरिने जनाइएको छ । नेपालीहरुको महान् चाड दशैं तिहारलाई मध्यनजर गर्दै गौरादह नगरपालिका भित्रका सम्पूर्ण बजारहरु खुला गरिएको थियो ।
गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जिवन राईले नेपालीहरुको महान् चाड दशैं, तिहार छठ पर्व सकिए सँगै पूनः पहिले जस्तै हप्ताको एकदिन मंगलबार बजार बन्द गरिने जानकारी गराए । यसअघि नगरपालिका भित्रका बजारहरु चाडपर्वले गर्दा सातै दिन खुला गरिएको थियो । चाडपर्वको समापन सँगै अब गौरादह बजार हप्तामा १ दिन बन्द हुने जनाइएको छ ।
उद्योग वाणीज्य संघको नियम अनुसार हप्तामा एकदिन पुनः बजार बन्द गरिने अध्यक्ष राईले जानकारी गराए ।






