Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

डडेलधुरा, २६ कार्तिक । ९ दिनदेखि डडेलधुरामा अनशरत डा. गोविन्द केसीले अनशन तोडेका छन् । पछिल्लो समय देशमा उत्पन्न परिस्थितिका कारण केही दिनका लागि अनशन स्थगित गरेको उनले बताएका छन् ।
चिकित्सा शिक्षा ऐन संशोधनसहितका सातबुँदे माग अघि सारेर डा. गोविन्द केसीले कात्तिक १७ गते डडेलधुरामा अनशन बस्न गएकाथिए।

१५ औं अनशनका क्रममा ०७५ साउन १० मा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पटकपटक सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका थिए। इलाममा बसेको १६ औं अनशन बीचमै तोडेका उनका धेरैजसो माग त्यति बेलाकै छन्।

१७ औं अनसनको नवौं दिनमा डा. गोविन्द केसीले अनशन तोडेका हुन्। मंगलबार बिहान उनले थप उपचार गर्न अस्वीकार गरेका थिए। अनशनको नवौं दिनमा आइपुग्दा डा.केसीको स्वास्थ्य अवस्थामा अत्यन्तै नाजुक भएको उनको रेखदखमा संलग्न डा.तोसिमा कार्कीले बताइन् ।
हिजो सोमबार डा. केसीलाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा लानका लागि आएको सेनाको हेलिकोप्टर रित्तै फर्किएको थियो। कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments