Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

अनलाइनबिचार, ३ जेठ, काठमाडौं । फुट, बिभाजन र एकताको लामो श्रृंखला भोगेर आएका पुक्ष्पकमल दाहाल प्रचण्डको गर्जन आजको पार्टी एकता घोषणामा एकाएक मलिन बन्न पुग्यो । कुम हल्लाउदै धेरै उत्सहित भएर गर्जिने प्रचण्ड आज किन भावुक बने ।

प्रचण्ड शहासिक निर्णय लिन सक्ने अब्बल क्षामताका नेता भनेर चिनिन्छन् । आजकै मिति पारेर पार्टी एकताको लागि प्रस्ताव आफूले गरेकोमा मदन भण्डारीलाई स्मरण गर्दै उनले गौरब महसुस भएको बताए ।

जनयुद्ध जनआन्दोलनका शहिद, बेपत्त, घाइते र अपांगलाई स्मरण गदै भावुक बनेका प्रचण्ड अधिकांस समय भावुक भएर बोले । पहिलाको जस्तो भावभंगी र हाउभाउ र गर्जनमा समेत प्रचण्ड प्रस्तुत हुन सकेनन् ।

प्रचण्डले मसालबाट नेकपा माओवादी, एकीकृत नेकपा माओवादी हुँदै माओवादी केन्द्र बनाए । थुप्रै नेताहरुलाई टीका लगाएर पार्टीमा भित्र्याए । उनी हरेक पटक उत्साहित हुन्थे, छलाङ हान्ने कुरा गर्थे ।

बिहीबार एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा भने प्रचण्ड निकै भावुक बने । पुनर्ग्ठित पार्टीका दुईअध्यक्ष मध्येका एक प्रचण्डले सम्बोधन गर्ने क्रममा पटक पटक उनको गला अवरुद्ध भयो ।

भावुक हुदै प्रचण्डले आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाउने र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको स्मरण गर्दै े एमाले र माओवादीको एकता ‘महान छलाङ’ भएको बताए ।

हाइड्रोजन र अक्सिजन मिलाएपछि पानी बनेपछि छुट्याउन नसकिने भन्दै उनले भने, ‘अब न एमाले भेटिन्छ, न माओवादी भेटिन्छ । अर्कै कम्पाउण्ड बनिसक्यो ।’

प्रचण्डले भावुक हुँदै सम्बोधन गरेपछि पुनर्ग्ठित पार्टीका नेता कार्यकर्ता समेत स्तब्द भए ।

तपाईको प्रतिक्रिया