काठ्माडौं, २४ कार्तिक । नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि मुख्य भन्सार नाकामा प्रयोगशाला स्थापना गरिने तयारी भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो । विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ ।
मुलुकमा आयात हुने मुख्य नाकाहरु वीरगञ्ज, काकरभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङ लगायतका मुख्य नाकामा विषादी परीक्षण गर्ने प्रयोगशाला राख्न लागिएको हो ।कारोबार दैनिक






