Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, २० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । विवादका बीच काँग्रेसले मनोनयनपत्र दर्ताको अघिल्लो दिनमात्रै उम्मेदवारी टुंगो लगाएको हो ।

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले उम्मेदावर चयन गरेको प्रवक्ता विश्व प्रकाश शर्माले बताए । उनका अनुसार प्रतिनिधिसभा कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।

यस्तै प्रदेशसभातर्फ बागलुङ–२ को (ख) मा जित शेरचन, दाङ–३ को (ख) मा केशव आचार्य र भक्तपुर १ को (क) माकृष्ण भँडेललाई टिकट दिइएको छ ।

काँग्रेसले सस्थापन इतर पक्षको असहमतिका बीच उम्मेदवार टुंगो लगाएको हो । बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा समूहगत शक्ति सन्तुलन नमिलेपछि संस्थापन इतर पक्ष बैठक छाडेर बाहिरिएको थियो ।

तर उनीहरुको बहिस्कारका बीच पनि सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा बसेर उम्मेदवार चयन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments