Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, २० कार्तिक । ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ बल्खु भञ्ज्याङमा सोलार प्यानलको ब्याट्री पड्किएर बुधबार बिहान आगलागी भएको छ ।

आगलागीबाट कर्ण बहादुर राईको घर र घरभित्र रहेको सामानहरु जलेर क्षति हुँदा २ लाख ८० हजार मुल्य बराबरको धनमाल जलेर नषट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट राईको घर जलेर क्षति हुनुका साथै लत्ताकपडा, मोवाइल ३ थान र नगद १० हजार रुपैयाँ समेत जलेर नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments