Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, १७ कार्तिक । बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक फेरि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटार स्रोतका अनुसार साँझ साढे ६ बजे बस्ने गरी बैठक सरेको हो ।

दिउँसो ११ बजे बोलाइएको मन्त्रिपरिषदको नियमित बैठक करिब डेढ घण्टा बसेर टुंगिएको थियो । त्यसपछि फर्किएका मन्त्रीहरुलाई अपरान्ह ५ बजे मन्त्रिपरिषदको अर्को बैठक बस्ने भनी बालुवाटारबाट सूचना पठाइएको थियो ।

त्यसपछि दिउँसो ४ बजे मन्त्रीहरुलाई बालुवाटारबाट अर्को सूचना दिई बैठक साढे ६ बजेका लागि सरेको जानकारी गराइएको एक मन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments