दोलखा, १७ कार्तिक । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। दुर्घटनामा ८ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्। मृतकको सनाखत हुन भने बाँकी छ।
आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बसमा ३४ जना यात्रु सवार थिए।
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको बताएका छन् । अहिले घाइतेहरुको उद्धार जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।






