Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह, १६ कार्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी धुमधामसँग तराई क्षेत्रमा मनाईने छठ पर्व मनाउन खोला किनारमा व्रतालुहरुको उपस्थिति रहेको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि छठ पुजा गरिने स्थानमा खोला किनार, पोखरी र तलाउ दुलही झैं सिंगारिएका छन। छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि व्रत बसी राती ‘खीर पुुरी बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै आजको दिन ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सन्तान प्राप्तिका लागि, परीवारको स्वास्थ्यका लागि, कसैले आफ्नो मनोकामना पुरा होस भन्ने हेतुले भाकल गरि पनि यो पर्वको कठोर व्रत बस्ने गर्दछन् ।

छठ पुजाका लागि गौरादह नगरपालिका-१ स्थित खोना शाहको पोखरीका घाट सजाएर भव्य तयारी गरिएको छ । यस्तैगरि छठ पुजा गर्नका लागी भक्तजनहरुले समिति बनाएर पुजाको तयारी गरेका छन। गौरादह नगरपालिका वडा नं. ७ को ग्वालडुब्बा बजार र आसपासका भक्तजनहरुले किष्ण खोलामा र गौरीगंज गाउपालिकाका भक्तजनहरुले गौरिया खोलामा पुजाकालागी घाट बनाएका छन। किष्णे खोलामा करिव ५ सय मिटरको क्षेत्रमा र गौरिया खोलामा करिव १ किलो मिटर क्षेत्रमा भक्तजनहरुले आफुले पुजा गर्ने घाट तयार गरेका छन।

विशेष गरि तराई वासिहरुले मनाउने छठ पुजा केही वर्ष अगाडि देखि पहाड वासिहरुले पनि मनाउन थालेका छन। भगवान प्रतिको बिश्वास र मनोकांक्षा पुराभएको आधारमा पहाड वासि समुदायहरुले पनि हर्ष उल्लासका साथ छठ पुजा गर्ने गरेका छन। गौरादह नगरपालिका-७ का निर्मला कोईराला,इन्दिरा भेट्वाल, र गोमा ओलीले बिगत ५ वर्ष देखि छठ पुजा गरेको निर्मलाले बताईन। छठ पुजामा भगवान सूर्यको पुजा आरधनाबाट आफुले चिताएको पुराहुने भएकाले प्रतेक वर्ष छठ पुजा गरिएको निर्मलाका श्रीमान जीवन कोईरालाले बताए। छठ पुजा गर्न खोलामा आबस्यक ब्याबस्थापन र तयारी गर्न ग्वालडुब्बा सहयोगी मन्चले सहयोग गरेको मन्चका अध्यक्ष राज जंग बस्नेतले बताए ।

छठ पुजाका लागि व्रत बसेका भक्तजनहरुले शनिवार अस्ताउदो सूर्यलाई र आईतवार बिहान उदाउदो सूर्यलाई अर्घ दिईने ग्वालडुब्बा छठ पुजा समिति संयोजक घुटु महत्तोले बताए। त्यसै गरि गौरीगंज र खजुरगाछीका भक्तजनहरुले छुट्टाछुट्टै समिति बनाएर छठ पुजा गनेै तयारी गरेका छन। खजुरगाछी पुजा समितिले गौरीया खोलामा सूर्यको मूर्ति राखेर पुजा आराधना गरिने खजुरगाछी पुजा समिति अध्यक्ष राजेश शाहाले बताए। गौरीया खोलाको पुर्व पट्टि गौरीगंज र पश्चिम पट्टी खजुरगाछीका भक्तजनहरुले पुजा गर्ने तयारी गरेका छन। सनातन धर्मको संस्कार अनुसार पौराणिक काल देखि गरिदै आएको छठ पुजामा उदाउदो सूर्यलाई अर्घ दिई पुजा सम्पन्न हने ग्वालडुब्बा पुजा समिति सदस्य धर्मेन्द्र शाहाले बताए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments