Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

इन्द्र न्यौपाने

हिजो उ बेठीक छ भन्न सिकायौ
हिजो त्यो समाज बिरोधी हो भन्न लगायौ
हिजो उ बुर्जुवा हो भनेर चिनायौ
हिजो उसमाथी
कारवाही हात उठाउन लगायौ

हामीले त्यै त्यै गरेउ
हामीले त्यै त्यै स्वीकार्यौ

आज तपाईं,
हिजो उभएकै ठाउम हुनुहुन्छ
आज तपाइ
हात कलम समाएर बस्नु भाछ

मायक उही हो
हिजो उ र आज हजुर बोल्ने
समाज उही हो
हिजो उ र आज हामीले टेक्ने

हजार सपनाहरू बोकेर
कति बलिदान भए यो माटोमा
बिधवा टुहुरा दन्डित र पिडितको
बस्ति भएको छ

अहिले पुरै गाउं
साहुहरू झन ठूला साहुनै छन्
किसानहरू पुरानै
उही दिनचर्यामा छन्।

न समाजमा कुनै रूपान्तरण छ
न नागरिकमा नयां आभाष छ ।
आज तिमी भनिरहेछौ फेरी एकपटक
आउ हामी एकपटक उसलाई अगालौं
आउ हामी एउटा शालिक बनाउ उसको

जस्ले यो समाजको ब्यवस्थापन गर्यो
जस्ले यो समाज निर्माणको नेतृत्व गर्यो
हामी उसको सालिक बनाउनु पर्छ
हामी उसलाई सम्मान गर्नु पर्छ

उ त्याही मानिस
जस्को भूमिका एकाएक बदलियो कसरी??
ठीक एतिवेला एउटा गम्भीर प्रश्न लिएर
उभिन्छ मेरोमन…

यूद्दको इतिहांस र नागरिक सपना..!
परिवर्तका शंखधोष र ति जीजिविषा
के यो सव भ्रम थियो ?
के राजनिती यसैको नाम हो ?

समय र मौन समाजले केलाउनै पर्छ
उ ठीक थियो की
तिमी ठीक थियौ !

सत्ता र शक्ति
प्राप्ति पछी सत्यको खोजीहुन्छ रे
हो के चैं त ??
त्यै नै हो
राजनिती?

नत्र …!!
समाज उहीं छ
बस्तु अवस्था उहींको उहींछ
कसरी दृष्टीकोण बदलियो ?

कसरी समाजको सत्रु मित्रु फेरियो?
एउटा उत्तर खोज्छ मेरो कलम
कौतुहलता बोकेर
झुकेको शिर निउराएर
कसरी ठीड्ग उभिन सक्छु ख्वामित म
अव फेरी उसैको शालिकमा …
माल्यार्पण गर्न…’?

एक पटक यै सुन्न मनछ जीन्दगीमा
यो समाजको लागि उ ठीक कि हजुर
खासमा हामी जे गरिरहेथ्यौ
के त्यो भूल थियो ?

के त्यो भ्रम थियो ?
तापाई पछि पछि लागेका हामी
बाटो बिराएर उ भएठाउ पुगेउकी ?

उ सही ठाउमा रहेछ ?
प्रिय ख्वामित
यति खवर पाउ.

धेरै गुण लाग्नेछ
आखिर हामी जहां थियौ उहींत छौनी
जावो त्यै एउटा दाईत मरेको हो आन्दोलनमा

पिरहरूको पहाड बोकेपनि
मौन चुप छीन आमा
बिधवा भाउजु र टुहुरा नानीहरूछन
के फरक परोर त !!

जीवन चल्नुको नाउमा चलेकै छ
हामी सवै आउछौ नी
माला लिएर हातमा
तपाई माथी त छ नी हाम्रो भरोसा

हाम्रो तपाई बाहेक
आफ्नो भन्नुनै को छ र..
उ माथी छानामा झन्डा हेर्नुसत !!

हामी कसरी हजुरको कुरा
काटन सक्छौं र !!
तर यती कुरा निगाहा होस
मेरो पृय नेता

मेहनतले उनेर एउटा
राम्रो माला बनाउने रहर छ जीन्दगीमा
जिन्दगीका रहर हरूको
बिसौनी सम्झेर
तर…..
तर….तर…..
त्यो माला तपाईलाईकी
उसको सालिकमा ??

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments