Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

झापा, ७ कार्तिक । लिफ्ट मर्मत गर्ने क्रममा सोहि लिफ्टले थिचेर झापाका एक युवकको मृत्यु भएको छ । लिफ्ट एक्कासि चलेपछि काम गरिहेका पाँचथर घर भई दमक ८ बस्ने २५ बर्षीय सन्तोष मगरको मृत्यु भएको हो ।

झापाको दमकमा रहेको डिमेक्स कम्प्लेक्सको लिफट मर्मत गरिरहेका चाइन ग्रिलमा काम गर्दै आएका मजदुर राईको अकस्मात लिफ्ट सञ्चालन भएपछि थिचेर मृत्यु भएको प्रहरीले जनाएका छ ।

काम गरिरहेका उनलाई विहीबार विहान ८ः ३० बजे लिफ्टले थिचेको थियो । गम्भिर घाइते भएका राईलाई दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याईएको थियो । त्यहाँ उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिए पनि उनलाई प्रतिष्ठान ल्याउने क्रममा विहान ११ बजे बाटोमा मृत्यु भएको प्रतिष्ठान प्रहरीले जनाएको छ ।

मृतक राईलाई अहिले पोष्टमार्टमका लागि प्रतिष्ठानका शव गृहमा राखिएको छ । केही समय पछि पोष्टमार्टम गरिने प्रतिष्ठान प्रहरी चेकपोष्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments