Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं । रक्त क्यान्सरबाट मृत्यू भएकाको सम्झनामा र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको स्वर्ण महोत्सवको अवसरमा समाजवाद अध्ययन केन्द्रले शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले एकै परिवारका तीन जना बाबु, आमा र छोरा, १८ वर्षका दुइजना जुम्ल्याहा दाजुभाईसहित ५३ जनाले रक्तदान गरेको जनाए ।

केन्द्रले रक्त क्यान्सरबाट निधन हुनुभएका स्थानीय राजु कार्कीको सम्झनामा केन्द्रले ‘सम्झनामा सामाजिक मन’ भन्दै रक्तदानको आयोजना गरेको थियो । भर्खरैमात्र स्थापना भएको केन्द्रले सामाजिक अभियानमा योगदान गर्ने भन्दै नयाँ काम गर्ने योजना रहेको बताएका छन् ।
रक्तदानमा सहभागीलाई केन्द्रका अध्यक्ष फुयालले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया