Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह,  २०  असोज  ।  गौरादह बजारमा रहेको दुर्गा मन्दिरको प्राङ्गढमा सञ्चालन गरिएको ९ दिने दुर्गा पुजाको अन्तिम रात्रीकालिन कार्यक्रम आईतबार समापन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले ९ दिने दुर्गा पुजाको अन्तिम रात्रीकालिन कार्यक्रमको उद्घाटन गर्दै सोही अवसरमा दुर्गा मन्दिरको स्तरोन्नती गर्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गौरादह बजारलाई अझ सुन्दर र आकर्षक बनाउन आफुले सहयोगको लागि पहल गर्ने बताएका छन् । मन्त्री कार्कीले गौरादह नगरपालिका कार्यलयमा ढुङ्गा मुडा गरेर तोडफोड गरि सार्वजनिक सम्पत्तिमा क्षति गर्ने व्यक्तीहरुलाई पहिचान गरि कार्यवाही गर्ने बताउँदै नकारात्मक सोचाई राख्नेहरु प्रति आक्रोस व्यक्त गरेका छन् ।

घटस्थापना देखि सञ्चालन गरिएको रात्रिकालिन कार्यक्रममा प्रत्येक साँझ भजन, कृतन, चण्डी पाठ पारायण नवदुर्गाको पुजा गरिएको थियो । दुर्गा मन्दिरका पुजक गुरु राम प्रसाद सुवेदीले ९ दिन सम्म चण्डी पाठ पारायण गर्नुभएको थियो ।

गौरादह बजारमा रहेको दुर्गा मन्दिर लाई पुनः निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको ९ दिने रात्रीकालिन कार्यक्रममा मन्दिर पुनः निर्माणका लागि गत आर्थिक वर्षमा गौरादह नगरपालिका को वडा नं १ को वडा कार्यालयले १ लाख र यस आर्थिक वर्षमा गौरादह नगरपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

सोही अवसरमा ७६ वर्षीय ज्येष्ठ नागरिक कृष्ण माया दाहाललाई खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यसअबसरमा नवदुर्गा कृतन मण्डलीका अध्यक्ष गयालाल ताजपुरीया बाट पञ्च भजन प्रस्तुत गरिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, बजार व्यवस्थापन समितिका अध्यक्ष खड्गराज थापा, राधाकृष्ण मन्दिरका अध्यक्ष सुर्य प्रसाद गौतम, जानकीश्वर शिवालय मन्दिरका अध्यक्ष शुरेस बहादुर पौडेल, उद्योग वाणिज्य संघकी जिल्ला सचिव लक्ष्मी बाह्रकोटी प्रसाई लगायत अन्य स्रदालु भक्तजनहरुको सहभागीता रहेको थियो । दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र कुमार कार्की को सभापतित्वमा सम्पन्न कार्यक्रममा किरण भेट्वालले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments