गौरादह, १८ असोज । दशैं तिहार छठ पर्व जस्ता चाडपर्वहरुलाई लक्षित गर्दै युवाहरुको विशुद्ध सामाजिक संस्था क्रिएटिभ नेप्लीज युथ गौरादह सम्पर्क केन्द्रको आयोजनामा गौरादहको अस्थायी ट्राफिक प्रहरी पोष्टको प्राङगढमा आज सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि एक दिने ट्राफिक जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
चाडपर्वका बेला सवारी साधनका साथै बाटोहरु पनि अत्यधिक मात्रामा भिड हुने भएकाले अकल्पनिय दुर्घटनाहरु बाट बच्नका लागि सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा क्रिएटिभ नेपलिज युथका सदस्यहरु, प्रहरी निरिक्षक विनोद कुमार श्रेष्ठ, गौरादह ट्राफिक प्रहरी इन्चार्ज नारायण प्रसाद भट्टराई, बुद्धीजिवि लगायत स्थानीयबासीहरुको समेत सहभागीता रहेको थियो ।

गौरादह ट्राफिक प्रहरी पोष्टको सहयोगमा भएको कार्यक्रममा पाडाजुङगी–गौरीगन्ज सडक खण्डमा, सवारीका चालक, यात्रु तथा सडक प्रयोगकर्ताहरुलाई सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक नियम लेखिएको विभिन्न पर्चा पम्पलेट वितरण गरिनुका साथै स्टिकर टाँस्ने कार्यक्रम गरिएको क्रिएटिभ नेप्लीज युथका संयोजक पूजन भट्टराइले जानकारि दिनुभयो ।







