Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ७ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोईरालालाई युगान्तकारी राजनेताको उपमा दिएका छन् ।

जिपि कोईराला मेमोरीयल सामुदायीक कलेजको पाँचौं स्थापना दिवसमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले १२ बुंदे समझदारी, बिस्तृत शान्ति सम्झौता हुँदै उनको निधन सम्मको स्मरण गरे । ‘गिरिजाबाबुले पहिलो भेटमै गणतन्त्रमा जाने कुरा मलाई विश्वास दिलाउनु भएको थियो, प्रचण्डले भने, ‘मलाई शान्ति प्रकृयामा आउन भन्नुभयो, उहाँ युगान्तकारी नेता, अविभावक र राजनेता हुनुहुन्थ्यो ।’

युद्धकालको स्मरण गर्दै प्रचण्डले भने, ‘म रोल्पाबाट नियमित फोन गर्दथे, हामी राजनीति बारे लामो र नियमित छलफल गथ्यौं । मैले कहिले रोल्पा, कहिले दाङ कहिले रुकुम, कहिले बम्बै र कहिले गोवाबाट उहासँग आन्दोलन चलिरहेका बेला झण्डै आधा घण्टा ,४५ मिनेट, १ घण्टासम्म धक फुकाएर कुरा गरेको छु ।’

दिवंगत कोईराला र आफुबीचमा पत्याईनसक्नुको प्रेम रहेको प्रचण्डले बताए । ‘हामी बीचमा विश्वास र प्रेम पत्याईनसक्नु, अदुभुत विश्वास र भरोसा थियो उनले भने, ‘उहाँ अन्तिम अवस्थामा पुग्दा पनि उहाँले म प्रति भरोशा व्यक्त गरेर जानुभयो । मैले सच्चा अविभावक ग्रहण गर्ने अवसार पाए । त्यसैका आधारमा अहिलेको राजनीतिक उपलव्धी हासिल भयो ।’

तपाईको प्रतिक्रिया