Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

भोजपुर,  १७  असोज  ।  भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा बौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठूलो लगानीमा बौद्धगुम्बा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठूलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् ।

बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्यले भोजपुरबासीले गुम्बा निर्माणको कामलाई अघि बढाएका हुन् । शुरुमा श्रमदान र चन्दा संकलन मार्फत निर्माण सुरु गरिएकोमा अहिले भने गाउँपालिकासँगै प्रदेश सरकारले समेत चासो देखाएको छ ।

प्रदेश सरकारको ३० लाख र अन्य सहयोगसहित करीब ६५ लाख खर्चमा गुम्बा निर्माण भइरहेको छ । आफ्नो ठाउँमा निकै ठूलो लगानीमा बौद्ध गुम्बा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । गुम्बा निर्माण सम्पन्न भएसंगै यहाँ शेर्पा, तामाङ, गुरुङ लगाएत समुदायका करिव २ सय परिवार लाभान्वित हुने निर्माण समितिको भनाइ छ । स्थानीयले बौद्ध विद्यालय समेत सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।

गाउँपालिकाले सबै भाषा धर्म संस्कार सस्कृतको संरक्षणका लागि काम गर्ने जनाएको छ । यस क्षेत्रमा रहेको लोपान्मुख किरात राईहरु दुङ्मालीको संरक्षणको लागि दुङमाली भाषा संग्राहलयको समेत निर्माण भइरहेको गाउँपालिकाको भनाइ छ । गुम्बा निर्माणले गाउँपालिकाको मुहार फेर्ने र धेरैले बौद्ध धर्मसम्बन्धि शिक्षा पनि पाउने हुँदा स्थानीय पनि हर्षोल्लासका साथ गुम्बा निर्माण गरिरहेका छन् ।न्युज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments