गौरादह, १४ असोज । गौरादह नगरपालिका वडा नं ८ का धनबिर राजबंशीको मृत्युको बिषयलाई लिएर भएको आन्दोलनमा नगरपालिका र पिडित पक्ष बिच सहमति भएको छ। सोमबारबाट सुरूभएको आन्दोलन मंगलबार नगरपालिकाको कार्यलयमा दुईपक्ष बिच छलफलबाट सहमति भएको हो। सहमति अनुसार पिडित पक्षको मागलाई सम्बोधन गरि नगरपालिकाका ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त र पिडितलाई ५ लाख क्षतिपूर्ती दिने सहमति भएको नगरप्रमुख रोहित कुमार शाहाले जानकारी गराएका थिए। सहमति पछि आन्दोलनरत पिडित पक्षले शव जिम्मा लिएका छन ।
गौरादह नगरपालिका वडा नं ८ निवासी धनबिर राजबंशीको मृत्युको बिषयलाई लिएर बिरोधमा उत्रिएका स्थानीयबासिहरूले नगरपालिका कार्यलयमा तोडफोड गरेका छन। आन्दोलनको दोस्रो दिन पनि दिउसो सम्म स्थानीयबासिले नाराजुलुस सहित प्रदर्शन गर्दा नगरपालिकामा तनाब भएको थियो। नगरपालिकाले पिडितको माग सम्बोधन गर्न ढिलासुस्ती गरेको भन्दै उत्तेजित भिडले नाराजुलुस सहित ढुङ्गा मुडा गरि तोडफोड गरेका थिए। तोडफोडबाट नगरपालिका कार्यलयको झ्यालका सिसा फुटेका छन भने कार्यलय बाहिर राखेका कुर्सी भाँचिएका छन।
सोमबार पहिलो दिन शान्तिपूर्ण आन्दोलन भएपनि मंगलबार दोस्रो दिन स्थिति केही समय नियन्त्रण बाहिर गएको थियो। शान्ति सुरक्षा कायम राख्न प्रहरी र सशस्त्र प्रहरी खटिए पनि भिड नियन्त्रण गर्न हम्मे परेको थियो। सोमबार देखिनै स्थानीयबासिहरूले नगरपालिका कार्यलयमा राखेर बिरोध गरिरहेका थिए। स्थानीयबासिहरूले नगरपालिकाका कर्मचारी सचिन क्षेत्रीलाइ बर्खास्त र पिडितलाइ उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएका थिए।
बैराती महाराज थान निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबिर राजबंशी टहरा निर्माण सम्पन्न गरि गत असार महिना देखि रकम भुक्तानी लिन नगरपालिका धाईरहेका थिए। भुक्तानीको बिषयलाई लिएर आईतबार राजबंशी नगरपालिकाको कार्यलयमा बेहोस भई ढलेका थिए। बेहोस भएका राजबंशीलाई उपचारकालागि दमक अस्पताल लगिएपनि डाक्टरको सल्लाह अनुसार नाजुक अबस्थामा रहेकाले नोबेल अस्पताल बिराटनगर लगिएको थियो। उपचार सम्भब नभएपछि सोमबार बिहान निधन भएको थियो






