Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  १३  असोज  ।  दुबईमा बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको छ । त्यहाँस्थित फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने कामदार बोकेको मिनिबस सोमबार दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको हो ।

उक्त बस दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । त्यसैगरी १ पाकिस्तानी र १ भारतीय नागरिकको पनि ज्यान गएको बताइएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् । जसमा ५ भारतीय र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

ज्यान गएका नेपालीहरुको पहिचान खुल्न सकेको छैन । यसबारे जानकारी लिने प्रयास भईरहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments