Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काभ्रे,  ९  असोज  ।  भुम्लु गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना भएको हो ।

बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौर भन्ने स्थानमा भएको दुर्घटनामा ११ जना घाइते भएका हुन् । एसपी सापकोटाका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको छ ।

सामान्य घाइतेहरुको दोलालघाटमा रहेको स्वास्थ केन्द्र र गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएको सापकोटाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments