Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं,  ९  असोज  ।  कृषि विकास बैंकका कर्मचारीको पासवर्ड अनधिकृत रुपमा प्रयोग गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनामा संलग्नताको आशंकामा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा, वालिङका रामकृष्ण भुसाल छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई स्याङ्जाबाटै पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन् । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको थियो ।

काठमाडौं ल्याइसकेपछि उनीसँग विस्तृत बयान दिइने बताइएको छ । प्रहरीले उनलाई भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट मानेको छ । यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments