Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह,  ७  असोज  ।  नेपाली काँग्रेसका प्रदेश सभा सदस्य तथा माननिय शेखर चन्द्र थापाले वर्तमान सरकार तानाशाह र अधिनायकवाद तर्फ उन्मुख भएको बताएका छन् ।

नेपाली काँग्रेस क्षेत्रिय कार्य समिति प्रदेश नं. ५ क ले आयोजना गरेको दोस्रो जागरण अभियानको समापन तथा विरोध सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि थापाले जनताको मौलिक हकमा खेलवाड गरेको र मानव अधिकारको खिल्ली उडाएकोले सरकार जनमुखी नभएको धारणा राखेका छन् । चुनावमा नेपाली काँग्रेस पराजित भएपनि संविधान संस्थागत भएको देश र जनताको चाहना अनुसार लोकतन्त्रको जित भएकाले पार्टी पराजित नभएको धारणा राखेका थिए ।

कम्युनिष्ट सरकारले जनताको घर आँगनमा ग्याँसको पाइप पुर्याउने, रेल कुदाउने र पानी जहाज कुदाउने फुस्रा नारा दिएर जनतालाई झुक्याएको जिकिर गरे । फुस्रा नारा र ठूलो ठूलो स्वरमा भाषण गर्दैमा सुखी नेपाली र समृद्ध नेपाल बनाउन नसकिने बताउँदै गरिबि का रेखामुनि रहेका नेपाली जनताको इच्छा र चाहना अनुसार सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । भ्रष्टाचार नियन्त्रण र बलात्कार, हत्याकाण्डमा सरकार चुकेकाले जनताले विश्वास गर्ने आधार नभएको बताएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व जिल्ला सदस्य पूर्णानन्द शर्माले नेपाली काँग्रेस व्यवस्था विरोधी नभएको तर सरकारको रवैया र गलत कामको विरोध गरेको बताएका छन् । हिन्दुहरुको बाहुल्यता भएको मुलुकमा हिन्दु धर्मको कुरा गर्दा प्रतिगामी भन्ने र अन्य धर्मको कुरा गर्दा राष्ट्रवादी भन्ने कम्युनिष्टहरुको कस्तो विचार हो ? जनता का हक अधिकारका लागि नेपाली काँग्रेस चुप लागेर नबस्ने प्रतिक्रिया दिए ।

त्यसअघि पार्टिका कार्यकर्ता तथा शुभचिन्तकहरु सहित गौरादह बजारबाट निकालेको ¥यालीले डिपुचौक परिक्रमा गरि बजारमा गई सभामा परिणत भएको थियो । कार्यक्रम पार्टिका प्रदेश ५ क सभापति रोहित कुमार शाहको सभापतित्वमा सम्पन्न भएको थियो । गौरादह नगर सभापति यादवराज सेढाईंले स्वागत मन्तव्य राखेको कार्यक्रममा क्षेत्रिय सचिव सुर्यभक्त सिटौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments