Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

कैलाली,  ६  असोज  ।  दुरुत्साहनको मुद्धा लागेपछि गौरीगंगा नगरपालिका वडा नम्वर-५ का रामवहादुर कलेलले सल्पास नामक विषादी सेवन गरेर आत्महत्या गरेका छन् । उनले तीन बर्षीया छोरी अनुष्कालाई पनि सल्पास खुवाएपछि उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिए ।

गत बैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेपछि रामवहादुर विरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएका थिए । सरिताका माईती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको ईजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए ।

छुटेको झण्डै डेढ महिनापछी उनले नाबालिका छोरी सहित विष सेवन गरेर आत्माहत्या गरेका हुन् । विष सेवन गरेका उनीहरुलाई आइतबार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments