काठमाडौं, ५ असोज । आजदेखि दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलेको छ। गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। अग्रिम टिकटको लागि बिहान ६ बजेदेखिनै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै टिकट बुकिङ गर्न सकिने बताए।
‘यो वर्ष हामीले मुख्यतः सडक सुधार र सहजीकरणका लागि आग्रह गरेका थियौं, दसैपछि वैज्ञानिक भाडादरको लागि छलफल गर्छौं,’ उनले भने।
यात्रुको सहजताको लागि उपत्यको १४ ठाँउमा नागरिक सहायता कक्ष राखिएको र सकेसम्म सहज सेवा दिन नागरिक सहायता कक्षमात्र नभई हामी स्वतन्त्र रूपमा पनि अनुगमन गरिरहेका छौं,’ सिटौलाले भने।






