Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरीगंज,  ४  असोज  ।  ईलाका प्रहरी कार्यलय गौरीगंजको आयोजनामा गौरीगंज चौक तथा बजार क्षेत्र सरसफाई गरिएको छ । ईलाका प्रहरी कार्यलयले संविधान दिवसको अवसरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरसफाइ गरिएको ईलाका प्रहरी कार्यलय गौरीगंज प्रमुख गणेश भट्टराईले बताए ।

गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी बाबुराजा श्रेष्ठले सरसफाई राख्न जनचेतना जगाउन आवश्यक रहेको बताए । सार्वजनिक स्थल सरसफाइ गर्न गाउपालिकाले फोहोर ब्यबस्थापन कार्यबिधि बनाएर नियमित सरसफाइ गर्ने बताए। फोहोर ब्याबस्थपनका लागि ल्यानफिल्डको आबश्कता रहेकाले ठाउँको चाडैं ब्याबस्था गर्ने जानकारी गराए।

स्वास्थ्य जीवन बिताउ आफ्नो ठाँउ स्वाच्छ र हाराभारा राखौ भन्ने मुलनाराका साथ आयोजना गरिएको सरसफाइ कार्यक्रममा ब्यापारी,संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि,प्रहरी सस्त्र प्रहरी र समाजसेवी लगायतको सहभागीता रहेको थियो ।

सरसफाइ गर्न सहभागीहरू हातमा झाडु,कोदालो,बाल्टीन,बेल्चा,बोरा लिएर आएका थिए ।संकलन गरिएको फोहोर बस्तुलाई ट्कटरमा उठाई एकै ठाउमा जम्मा गरि नष्ट गरिएको थियो । वडा नं ३ का वडाध्यक्ष मखना महत्तोले सरसफाइकालागी वडाले डस्बिन बितरण गरेपनि कार्यान्वयनमा नआएको बताए। फोहोर ब्यबस्थापन गर्न चुनौती रहेको बताउदै ब्याक्ती आफै सचेत हुनु पर्ने बताए ।

सामुदायिक प्रहरी वडा नं ३ सचिब रिता खतिवडा,ने.क.पा.का प्रतिनिधि यादब रिजाल,समाजसेवी बिस्वराज रिजाल,आठमौजा सहकारीका अध्यक्ष अर्जुन दंगाल,पुर्ब गाबिस अध्यक्ष देबि प्रसाद राजबंशी,जेष्ठ नागरिक संघ गौरिगंज उपाध्यक्ष राम कृष्ण यादब लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments