Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

गौरादह,  १  असोज  ।  गौरादह नगरपालिका वडा नं १ को वडा कार्यालयले निशुल्क पशु बिमा तथा कृतिम गर्भाधारण कार्यक्रम सुरू गरेको छ ।

पशु सेवा कार्यालयमा कार्यक्रम आयोजना गरि वडा भित्रका गाईलाई बिमाको ट्याग लगाईएको छ । वडाले पहिलो पटक ३ सयवटा गाईको बिमा गरिने जनाएको छ। बिमित गाईको ईन्स्योरेन्स कम्पनी र वडा कार्यालयले मुल्यांकन गर्ने र बिमा बढिमा ५० हजार सम्मको रहने वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले बताए ।

वडा कार्यलयले लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी सँग समन्वय गरेको गौरादहका पशु सेवा प्रमुख सन्तोष भन्डारीले जानकारि गराए । वडाले पशु पालन गर्ने किसानको पनि २ लाख बराबरको बिमा निशुल्क गरेको छ । किसानहरूले पालेका २ सय वटा गाईको कम मुल्यमा कृतिम गर्भाधारण गराउने कार्य पनि सुरू गरेको वडा नं १ कि वडा सदस्य तारा श्रेष्ठले बताईन । बिमा कार्य सुरू गरेको पहिलो दिन ३० वटा गाईलाई बिमाको ट्याग लगाईएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments