Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

काठमाडौं,  १  असोज  ।  सरकारले विगत ४–५ दिनको तथ्याङ्कले डेंगु रोग नियन्त्रणतर्फ गएको दावी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले बुधबारको संसद बैठकमा यस्तो जानकारी दिएका हुन् ।

मन्त्री यादवले डेंगु विश्वभर नै चुनौतीका रुपमा रहेको फेहरिस्थ प्रस्तुत गर्दै सरकारले आफ्नोतर्फबाट डेंगु नियन्त्रणमा कुनै कसर बाँकी नराखेको जानकारी दिए । मन्त्री यादवको जवाफपछि सांसदहरुले सरकार डेंगु नियन्त्रणमा भर्खर तयारीमा लागको भन्दै सरकारको आलोचना गरेका थिए ।

काँग्रेस सांसद देवन्द्रराज कँडेल तथा सत्तापक्षकै सांसद खगराज अधिकारीले डेंगु नियन्त्रणमा सरकारी प्रयासको स्पस्ट खाका पेश गर्न माग गरे ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments