गौरादह, १ असोज । गौरादहमा रहेको एन.आई.सि एशिया बैंक ले फूल सहितको गमला वितरण गरेको छ । गौरादह बजारलाई थप आकर्षित र हराभरा बनाउने उद्देश्यले ५० वटा फूल सहितको गमला वितरण गरिएको जनाइएको छ ।
सो फूल सहितको गमला बजारको दुवै बाटोको छेउमा राखिएको गौरादह नगरपालिका नगरसभा सदस्य कोमल ढुंगानाले बताए । वडाध्यक्ष, बजार व्यवस्थापन समिति तथा एन.आई.सि एशिया बैंकका प्रतिनिधिको सहभागितामा गमला वितरण गरिएको ढुंगानाले जानकारी दिए ।






