Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

भद्रपुर,  ३१  भदौ  ।  झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुसी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए ।

उनका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । जसमा ३८ हजार हेक्टर अर्थात् धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको, १४ प्रतिशत अर्धसिँञ्चित र बाँकी ३८ प्रतिशत धानखेती आकाशे वर्षाका भरमा छ ।

विशेष गरेर झापाको उत्तरी क्षेत्रमा गरिने धानखेती आकाशे वर्षाको भरमा रहेको छ । साउनको पहिलो सातासम्म अविरल वर्षा भए पनि जिल्लामा त्यसपछि खडेरी लागेको थियो ।

खडेरीका कारण धानमा कीरा लाग्ने, सुक्ने र झारजङ्गल पलाएर कामै नलाग्ने अवस्थामा पुगेका बेला भएको सामान्य वर्षाले समेत किसानलाई राहत पुगेको उनको भनाइ छ । आइतबार रातिदेखि झापामा पानी परेको थियो । प्राविधिक पौडेलले यस वर्ष झापामा धान उत्पादनमा कमी आउने बताए । समयमा किसानले रासायिक मल नपाएको र लामो समयको खडेरीले उत्पादनमा कमी आउने बताएका छन् ।रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments