Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

धादिङ,  ३१  भदौ  ।  झाँक्रीको विश्वासमा जण्डिसको उपचार गर्दा पेटमा प्वाल पारिदिएका राजु मगरको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका ९ का राजु मगरलाई नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका लामाझाँक्री गजबहादुर लामाले गत भदौ १५ गते उपचार गर्ने बहानामा पेटमा ब्लेडले काटी घाइते बनाएका थिए ।

२ महिना अघिदेखि जण्डिसले ग्रसित भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो । पेट काटिएपछि झनै गम्भीर घाइते भएका मगरलाई उपचारका लागि काठमाडौं लगेपनि जन्डिस अन्तिम चरणमा रहेको र उपचार गर्न नसकिने भन्दै काठमाडौं नयाँ बजारको पिपुल अस्पतालले फिर्ता पठाइदिएको थियो ।

घटना सार्वजनिक भएपछि जनप्रतिनिधिको पहलमा फेरी उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। जण्डिस पनि बिग्रिएको र त्यही बेलामा झाँक्रीले थप समस्या उत्पन्न गराइदिएपछि उनको मृत्यु भएको परिवारको भनाइ छ।

जण्डिसको उपचार गर्ने बहानामा पेटमा ब्लेडले काटेर प्वाल पारिदिने लामा झाँक्री विरुद्ध पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। तर झाँक्री पक्राउ परेका छैनन् । पीडितका भाइ र श्रीमती विमला मगरले लामाविरुद्ध कारवाहीको माग गर्दै प्रहरी कार्यलयमा उजुरी दिएका हुन्। झाँक्रीको खोजी भइरहेको धादिङ प्रहरीले बताएको छ ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments