Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

लीलाराज झापाली
विर्तामोड,  २८  भदौ  ।  झापाको कनकाई नगरपालिका-३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन ।
शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको ५ करोड ५२ लाख ५८ हजार २ सय ८७ पैँसा रुपियाँ लागतमा निर्माण भई गत असार २८ गतेमात्रै भवन कनकाई नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

पानी पर्नासाथ भवनका प्रायः सबै कोठाबाट पानी चुहिएर कोठामा घुडासम्म पानी जम्ने गरेका कारण कोठाभित्रै छाता ओढ्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाका हेल्थ असिस्टेन्ट नारायण अधिकारीले बताउनुभयो ।
७२ कोठे अस्पतालको प्रायः सबै कोठामा पानी चुहिने समस्याले गर्दा अस्पताल भित्र चुहिने ठाउँमा पानी थाप्न बाल्टी खरिद गरेर राखिए पनि ठुलो पानी पर्दा बाल्टी थाप्दा पनि पानी थाम्न नसकिएपछि सेवानै अवरुद्ध हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

अस्पताल भवनको स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले नगर अस्पतालको रुपमा अस्पताल भवनको उद्घाटन गरे पनि नगर अस्पतालमा हुनुपर्ने कुनै सेवा सुविधा नभएको स्थानीयबाशीको भनाई छ । अस्पतालमा एक दरबन्दी र एक करारसहित दुई डाक्टरले सेवा दिए पनि अस्पतालनमा औषधि र प्राविधिक उपकरणको अभावमा अस्पताल रेफर सेन्टरका रुपमा मात्रै रहँदै आएको छ । अस्पतालको भवन हेरेर खुसी भएर आउने सेवाग्राहीहरु अस्पतालको सेवा हेरेर दुखी भएर फर्कनुपरेको गुनासो छ ।

ठेकेदारले पैसा तिरेनन्
यता २०७२ साल चैत्र १० गतेदेखि अस्पताल निर्माणका लागि बसेको ठेकेदार र निर्माण कर्मचारीले भवन निर्माणका लागि यस क्षेत्रका व्यापारी व्यावसायीसँग लिएको सापटी र होटलमा खाएको सामानको रकम नदिंदा स्थानीयबासी र व्यवसायी मर्कामा परेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments