Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

पोखरा,  २६  भदौ  ।  अहिलेसम्म केवल गण्डकी प्रदेशमा मात्रै भेटिएको एकप्रकारको आँखाको रोगका बिरामी १४ पुगेका छन्। बुधबारमात्रै एक बालकको आँखाको दृष्टि गुमेको छ। यस्तो बिरामीको सामान्यतयाः उपचार गर्न ४८ घन्टाभन्दा ढिला हुँदा आँखाको ज्योति गुम्ने विशेषज्ञ बताउँछन्।

हिमालय आँखा अस्पतालका प्रमुख डा.इन्द्रमान महर्जनका अनुसार बुधबार अस्पताल आइपुग्दासम्म ढिला भएकाले एक बालकको दृष्टि क्षमता फर्कने सम्भावना नदेखिएको बताए।

सेतो पुतलीका कारण लाग्ने उक्त रोगका बिरामीले पोखराको हिमालय आँखा अस्पताललगायत अन्य अस्पतालमा उपचार गराएका छन्। सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) भनिने यो रोगको उपचारमा शल्यक्रिया वा औषधि प्रयोग हुने चिकित्सकको भनाइ छ। रोग गहिरो भइसकेको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हिमालय आँखा अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले बताए।

हिमालय आँखा अस्पतालमा आएका बिरामीमध्ये ४ जना घर फर्किसकेका र २ जनाको शल्यक्रिया गर्नुपरेको उनले बताए। केही बिरामी थप उपचारका लागि काठमाडौं जान इच्छुक देखिएकाले रेफर गरिएको उनले बताए। पोखरामा परार साल ५ वर्षपछि यो रोग देखिएको थियो। आँखा रोग विशेषज्ञ मदनकुमार उपाध्यायका अनुसार ४० वर्षअघि सापु पोखरामा देखापरेको थियो। यस अवधिमा गण्डकी प्रदेश बाहिरका यो रोगका बिरामी देखिएका छैनन्। उनका अनुसार सापु रोग लगाउने सेतो पुतली बर्मा र भारतमा पनि भेटिन्छ तर रोग अन्य स्थानमा लागेको छैन।

सेतो पुतलीको झुस आँखामा परेपछि रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता समस्या हुन्छ। रोग लागेको ४८ घन्टाभित्रै उपचार गर्न सके निको हुने चिकित्सकको भनाइ छ। डा.उपाध्यायकै भनाइमा समयमा उपचार हुन नपाए आँखाको ज्योति गुम्न सक्छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments