Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह,  २४  भदौ  ।  नेपाली काँग्रेसका संस्थापक नेता जननायक तथा महामानव विपि कोइरालाको १०६ औं जन्म जयन्तीको अवसरमा आज गौरादह नगरपालिका ७ को ग्वालडुब्बामा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र नं. ५ (क) को आयोजनामा वृक्षरोपणको कार्यक्रम सम्पन्न गरिएको हो ।

विपि कोइरालाको जन्म जयन्तीको अवसरमा ग्वालडुब्बा ७ मा रहेको दुर्गा सामुदायिक भवनको प्राङ्गण र नवनिर्मित स्वास्थ्य केन्द्र भवनको प्राङ्गणमा १०६ वटा विरुवा रोपीएको काँग्रेसका सदस्य तथा ग्वालडुब्बा युवा समूहका अध्यक्ष भोला चक्रवर्तीले जानकारी दिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

त्यसअवसरमा नेपाली काँग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, क्षेत्र तथा नगरका पदाधिकारी सदस्य, वडा सभापति र क्रियाशिल सदस्यहरु, गौरादह नगरसभापति यादवराज सेढाईं, गौरीगंज वडा नं. ३ का वडाध्यक्ष मखना महतो लगायतको उपस्थित रहेको थियो । नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र नं. ५ (क) का क्षेत्रिय सभापति रोहित कुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद शेखर जंग थापा प्रमुख अतिथि रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments