Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

ललितपुर,  २३  भदौ  ।  प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् ।

एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् । पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।रातोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments